लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै हुनुहुन्छ ।
मधेश प्रदेशसभाको चौथो अधिवेशनको २१ औं बैठक सम्बोधन गर्न प्रधानमन्त्री ओली आज जनकपुरधामस्थित प्रदेशसभामा आउन लाग्नुभएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
सम्बोधनपछि प्रधानमन्त्री ओली सिराहा जाने कार्यक्रम रहेको सभामुख मण्डलले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको आगमनमा जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो ।