• ३ वैशाख २०८२, बुधबार

सप्तरीमा महिलाको शव फेला

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३ गते ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा महिलाको शव फेला परेको हो ।

सुरुङ्गा नगरपालिका ७ निवासी नागेन्द्र रामकी २० वर्षीया छोरी पूजाकुमारी रामको शव घाँस पातले छोपिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

घटनास्थललाई सुरक्षित राखेर मधेश प्रदेश प्रहरी कार्यालय केनाइन शाखा लालगढ धनुषाबाट कुकुर समेतको टोली खटी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

मृत्युको कारण खुल्न सकेको छैन, पोस्टमार्टमको रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।