सैँतीस साना सिँचाइ सम्पन्न
सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन्।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
खेताला चालकको भरमा अस्पतालको शव वाहन
जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनु पर्ने बाध्यता छ ।
मेलम्चीको थकनीका १२ घर उच्च जोखिममा
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
भरतपुर महानगरपालिकामा बेथिति, नियमविपरीत बजेट निकासा
भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई नियमविपरीत रकम निकासा गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालय २०७९ को वार्षिक प्रतिवेदनमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ बमोजिम बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भए पनि महानगरले सिधै गैरसरकारी संस्थाको नाममा पैसा दिएको पाइएको जनाएको छ। महानगरको सक्रियता र समन्वयमा सञ्चालित गौरवको आयोजनाका लागि एक गैरसरकारी संस्थाको नाममा रकम दिएको नियमविपरीत भएको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी फाउन्डेसनले खरिद गरेको प्रक्रिया पनि नियमसङ्गत नभएको पाइएको छ।
नारायणगढ मुग्लिन सडक अवरुद्ध
नारायणगढ मुग्लिन सडकको केराबारीमा सोमबारदेखि गएको पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्रमा परेका छन् । केराबारीमा ठूलो पहाड बीच बाटोमा खसेपछि सडकमा सवारी साधन जाम हुनुका साथै यात्रुहरु अलपत्रमा परेका हुन् ।
कोदारी लोकमार्ग र मेलम्ची सडक अवरुद्ध
अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् ।
लगातारको वर्षापछि चितवनमा बाढीको जोखिम
दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
कृविविलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि, वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। कृषि, वन र पशुपन्छीको विषयमा अध्ययन, अध्यापन, अनुसन्धान र विस्तारको अधिकार पाएको चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयको आगामी १० वर्षे रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। नेपाल सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री पौडेलले उक्त विश्वविद्यालयको पठनपाठन र अनुसन्धान उच्चस्तरको बनाउने र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो। उक्त विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभएर विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नुपर्ने बनाउन उहाँको आग्रह थियो।
जुनार शीतभण्डार प्रयोगविहीन
कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार प्रयोगविहीन बनेको छ। समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा जुनार भण्डारणलाई लक्षित गरी बनाइएको थियो। जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र जुनार उत्पादक किसानबाट जुटाइएको हो। ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको उहाँले बताउनुभयो।
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्दै
दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्न थालेका छन् ।
यात्रुलाई सास्ती दिने अक्करेभीर
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हैबारस्थित अक्करेभीरमा सोमबार बिहान पहिरो खस्दा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नुप-यो। आइतबार बेलुकादेखि परेको वर्षाका कारण जमिन गलेर अक्करेभीरमा पहिरो खसेको हो। पहिरो खसेर यातायात अवरुद्ध हुँदा सिन्धुली र रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्नुपरेको छ। हैबार निवासी सुवास कोइराला वर्षा भएर जमिन गल्नेबित्तिकै अक्करेभीरले सधैँ सास्ती दिँदै आएको बताउनुहुन्छ। उहाँका अनुसार अक्करेभीरमा पहिरो जान थालेको वर्षौं भइसक्यो, तै पनि त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाइँदैन।
युवापुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
त्रिशुली नदी किनारमा बस खस्यो : १८ घाइते
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरमै गर्न सभापति बानियाँको माग
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।
महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (फोटो फिचर)
प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागी हुनुभएको थियो ।
मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध
सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ हैबारस्थित अक्करेभिरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर सडक खण्ड सोमबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित
ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण रोगका बिरामी भेटिएका हुन् ।
डुबानमा होटल
चितवनको रत्ननगर नगरपालिका–८ स्थित बाघमारा क्षेत्रमा बाढीका कारण डुबानमा परेको होटल । लगातार परेको पानीले राप्ती र खगेरी खोलामा बाढी आउँदा यहाँका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा परेका छन् ।
तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी
अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।
बङ्गलादेशमा अध्ययन गरेका डाक्टरहरुबीच पुनर्मिलन कार्यक्रम
बगलादेशमा चिकित्सा शिक्षा अध्ययन पुरा गरी आएका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम भएको छ ।
‘प्रविधिको प्रयोग नगरे पछाडि परिन्छ’
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशित गरेको पत्रकारितासम्बन्धी दुईवटा पुस्तक सार्वजनिक गरिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहिलेको पत्रकारिता र डिजिटल साक्षरतासम्बन्धी पुस्तक सार्वजनिक गर्नुभएको हो। उहिलेको पत्रकारितामा ज्येष्ठ पत्रकारहरूको अनुभव र डिजिटल साक्षरतामा सञ्चार प्रविधिसम्बन्धी विषय समेटिएको छ। पुस्तक विमोचन गर्दै मन्त्री खनालले समाजको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न सूचना प्रविधिसँग जोडिनु आवश्यक भएको बताउनुभयो। उहाँले पछिल्लो समय विकसित भएको प्रविधिको प्रयोग नगरेमा पछाडि पर्ने बताउँदै प्रकाशित दुवै पुस्तक इतिहासको उत्खनन भएको बताउनुभयो। दुवै पुस्तकले हिजो हामी कहाँ थियौँ र अब हामी कता जाँदै छौँ भन्ने जानकारी प्राप्त गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।