• ६ वैशाख २०८१, बिहिबार

पेशागत महासङ्घको नयाँ कार्यसमिति चयन

blog

पेशागत महासङ्घको कार्यक्रमको उद्घाटन सत्रमा धारणा राख्नुहुँदै अध्यक्ष माधवकुमार नेपाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ६ गते । नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासङ्घ नेपालले सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको महासङ्घले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।  

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्ष (महिला) मा प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्ष (मधेसी) मा योगेन्द्र यादव, उपाध्यक्षमा क्रमशः किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी, उपाध्यक्ष (जनजाति) मा शरणकुमार गुरुङ निर्वाचित हुनुभएको छ । 

त्यस्तै, महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, उपमहासचिव (महिला) मा सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर बुढा, रामकुमार महत, विश्वनारायण मिश्र चयन हुनुभएको छ । 

सोहीअनुसार महासङ्घको सचिव (महिला) मा भवानी खड्का, सचिव रामप्रसाद आचार्य, विकास सिलवाल रहनुभएको छ भने कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिलीपकुमार भट्टराई, उर्मिला खनाल, राजन उप्रेती, नारायणप्रसाद अधिकारी, कृष्णप्रसाद जोशी, अम्बिका घिमिरे, रीता फुँयाल चापागाई, सङ्गीता खत्री क्षेत्री रहनुभएको छ । 

सोहीअनुसार अन्य सदस्यहरुमा मधु गिरी, तारादेवी तामाङ, मीना कुँवर, गोरबहादुर बुढा, मेनका पोखरेल आचार्य, ललितकुमार यादव, एकनारायण शर्मा पौडेल, जगदीश पाठक, गायत्री दंगाल, सुशीलाकुमारी चौधरी, ऋषिराम दंगाल, रामविलास महतो, रामआधार सिंह, रिकीकुमारी जैसवाल, गङ्गाबहादुर गुरुङलगायत रहनुभएको छ ।

महाधिवेशनको उद्घाटन नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको थियो । महाधिवेशनले समसामयिक विषयमा २५ बुँदे प्रस्ताव पारित गरेको छ ।