• १३ वैशाख २०८१, बिहिबार

राहदानी विभागले घोडेजात्राको बिदामा सेवा दिने

blog

फाइल तस्बिर

काठमाडौं, चैत ६ गते। राहदानी विभागले घोडेजात्राको बिदाका दिन मंगलबार पनि आफ्नो सेवा दिने भएको छ। सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ। 

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २:३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २:३० बजेसम्म हाम्रो सेवा दिनेछौँ।” 

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ।