• २७ वैशाख २०८२, शनिबार

बातचित घरद्वारा पत्रकार चौधरी सम्मानित

blog

पत्रकार अविनाश चौधरीलाई सम्मान गरिँदै । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, वैशाख २७ गते ।
बातचित घर धनगढीले गोरखापत्रमा धनगढीबाट कार्यरत पत्रकार अविनाश चौधरीलाई सम्मान गरेको छ ।

पत्रकारितासँगै सक्रिय रक्तदान गरेर जीवन बचाउने काम गरेको भन्दै बातचित घरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आज उहाँलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत एवम् १०९ पटक रक्तदान गर्नु भएका दीपक उपाध्यायले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । चौधरीले रक्तदान गरेको ३४ औं पटक पुगेको छ । 

समाज रुपान्तरणमा सक्रिय बातचित घरले समाजका विभिन्न पक्षमा सम्वाद गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ । बातचित घरले विगत दुई वर्षदेखि हरेक शनिबार विभिन्न विषयमा सम्वाद गर्दै आएको बातचित घरका अध्यक्ष ठाकुरकरिया प्रधानले बताउनुभयो । यसैबिच, बातचित घरको दोस्रो वार्षिकोत्सव रक्तदानको विषयमा सम्वाद र रक्तदान गरेर मनाइएको छ ।