• १६ चैत २०८०, शुक्रबार

सांसद पद रिक्त रहेको सभामुखद्वारा सभालाई जानकारी

blog

सभामुख देवराज घिमिरे । तस्बिर : केशव गुरुङ

काठमाडौं, चैत ६ गते । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराउनुभयो । 

उहाँले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराउनुभएको हो । 

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सांसद पदबाट राजीनामा दिनुभएको थियाे । रासस