स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङ्गीता मिश्रा नियुक्त
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङ्गीता मिश्रा नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निजी सचिवालायका अनुसार बुधबार उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।
पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ ।
समितिको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।
सर्पदंशसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन
सिन्धुलीको दुधौली नगरपालिकाले नागरिकलाई विषालु सर्पको टोकाइबाट बचाउन सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम सुरु गरेको छ ।
प्रधानमन्त्रीद्वारा मानवअधिकारकर्मी बरालको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गर्नुभएको हो ।
किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै
लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरूलाई केही राहत मिलेको हो ।
एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने
एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।
भेटेनरी अस्पतालका उपकरण प्रयोगविहीन
दोलखा सदरमुकाम चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् । अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगबिहीन बनेका हुन् ।
सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल सुरु
सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
प्रधानमन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेवार समुदायले गुँपुन्ही मनाउँदै
नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरी गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही
वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।
स्थानीय सरकारबाटै वन अतिक्रमण
दोलखाको नौ वटै स्थानीय तह गरी करिब २३ हेक्टर वन अतिक्रमणमा परेको छ । सरकारी र स्थानीयले वन क्षेत्र फँडानी गरी गाउँपालिकाको कार्यालयदेखि घरटहरा बनाएर विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।
पुस्तकालय व्यवस्थापन परिमार्जन गर्न सुझाव
विद्यार्थी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिमा पढ्ने बानीको विकास गर्न पुस्तकालय ‘डिजिटाइजेसन’ अभियानलाई तीव्रता दिनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ । १६ औँ पुस्तकालय दिवसको पूर्वसन्ध्यामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालयले आयोजना गरेको ‘टेक्नोलोजिकल रिभोलुसन इन लाइब्रेरी सर्भिस’ सम्बन्धी अन्तर्क्रियामा उहाँहरूले बदलिँदो समय अनुसार पुस्तकालयको व्यवस्थापनलाई पनि परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
कैफियत देखिएका वस्तुको नमुना परीक्षण
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनका क्रममा ५५ वटा वस्तुको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । विभागले सो अवधिमा तीन हजार ६९५ वटा व्यवसायी फर्मको अनुगमन गरेकामा कैफियत देखिएका ५५ उद्योगका वस्तुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको हो ।
अर्थतन्त्र उकास्न सुझाव
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अर्थतन्त्रमा कठिनाइ आएका बेला मौद्रिक नीतिले मात्रै अर्थतन्त्र तङ्ग्रिन नसक्ने बताउनुभएको छ । भरतपुरमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले खस्कँदो अर्थतन्त्र उकास्न मौद्रिक नीतिसँगै अर्थ मन्त्रालयले वित्तीय नीति अगाडि सार्नुपर्ने सुझाव दिनुभयो । “मौद्रिक नीतिले केही सहयोग पु-याउन सक्छ तर यसैका आधारमा मात्रै अर्थतन्त्र तङ्ग्रिन सक्दैन । यदि देशको अर्थतन्त्र सुधार्ने हो भने वित्तीय नीतिलाई अर्थ मन्त्रालयले अगाडि सार्नु पर्छ,” उहाँको स्पष्ट भनाइ थियो ।
पशुको पञ्जीकरण गर्ने योजना
सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना अघि सारेको जानकारी दिनुभयो। उहाँले पशु कल्याण विधेयक नै बनाएर पशुले पाउने आधारभूत अधिकारसँगै पशुको परिचयका लागि पञ्जीकरणको योजना अघि सारिएको बताउनुभयो। यो व्यवस्थासँगै आमउपभोक्ताले आफूले उपभोग गर्ने दुग्ध तथा मासुजन्य उत्पादन दिने पशुपन्छीको वास्तविक परिचय थाहा पाउने छन्। मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा पशुकल्याण विधेयकको मस्यौदा तयार पारिरहेको छ। अब केही समयमै विधेयक मस्यौदालाई सम्बन्धित निकायमा बुझाउने तयारी मन्त्रालयको छ।
राजेश्वर नेपाली: निभ्यो क्रान्तिको दियो
प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको आज अन्त्यष्टि गरिएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभा बैठक सकिएको छ ।
आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको पहिलो महिनाको लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
सदनमा प्रधानमन्त्री प्रचण्डको जवाफका १६ सवाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको बताउनुभएको छ।
२० केजी चाँदीसहित दुईजना पक्राउ
सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैध २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज (मङ्गलबार) नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।