व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।
‘निर्वाचन विधेयक पारित गराउन दबाब सिर्जना गरौं’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरु मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
सुन तस्करीसहित सबै विषयमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
पहिरोले पावर प्लान्ट बगाउँदा गाउँ अन्धकारमा
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा आधा दर्जन घरपरिवारको उठीबास भएको छ ।
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गु रोगको सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना सङ्क्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ९८ पुगेको छ ।
उपप्रधानमन्त्री खड्कासँग भारतको एनडीसीका शिक्षार्थीको शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदलका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ ।
कृषि कार्यक्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्छु : डा. आरजु
प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा. आरजु राणा देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित
प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।
डा. बालकृष्ण शाहको ‘गर्भको गर्व’ लोकार्पण
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ ।
‘अनुपम देवता’ उपन्यास पाठकबिच लोकप्रिय
उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया सम्पन्न भएको छ ।
कानुन समितिका सभापतिमा विमला सुवेदी चयन
प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन हुनुभएको छ ।
कांग्रेसले भदौ २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने
नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताउनुभएको छ ।
प्रत्यारोपण केन्द्रका लागि नयाँ भवन बनाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।
मनमा अत्यधिक निराशाको भावना आएमा ११६६ सम्पर्क गर्न आग्रह
सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ ।
स्टार्टअपलाई परिभाषित गर्न स्टार्टअप नीति ल्याउन आवश्यक : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ ।
जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह
स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवम् गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् ।
सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधानन्यायाधीश
सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो ।
निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकारसमक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।
पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप
क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।