संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल यही भदौ ३० गते महासभामा सहभागी हुने छ ।
एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना पर्सिदेखि
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) बुधबार (भदौ १३) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।
ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
बागवानी केन्द्रका फलफूल बजारमा
मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्।
‘तथ्यमा आधारित समाचार नलेख्दा दुर्घटना निम्तिन्छ’
देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।
कांग्रेसको तीन र एमालेको दुई विषयगत समितिमा उम्मेदवारी
संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसले तीन सभापतिमा उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस सचेतक सुशीला थिङका अनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी मनोनयन भएको जानकारी दिनुभयो ।
कटानको चपेटामा उर्वरभूमि
सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।
बैंकरलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ ।
शिक्षा दिवसलाई उपलब्धिमूलक बनाउन आह्वान
सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो ।
२९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता
बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
बेपत्ता आमाछोरा मृत अवस्थामा फेला
घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।
राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत
यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।
मकवानपुरगढीका रैथाने कृषि सामग्रीको हाटबजार काठमाडौंमा
मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाट बजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान आफैं बिक्री गर्न पुग्नुभएको हाे ।
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय राजमार्ग बनेको जग्गा अझै व्यक्तिकै नाममा
सिन्धुली जिल्लामा बनेका दुई वटा राष्ट्रिय राजमार्गको क्षेत्राधिकारमा परेको जग्गा सार्वजनिक नहुँदा जग्गाधनी मर्कामा परेका छन् । राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गा सार्वजनिक (लगत कट्टा) नहुँदा जग्गाधनी मालपोत तिर्न बाध्य छन् ।
बागमतीमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
वज्रवाराही चौरको सौन्दर्यीकरण गरिँदै
मकवानपुरको थाहा नगरपालिका–६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । त्यस क्षेत्रकै प्रसिद्ध मन्दिर वज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ ।
लगातारको झरी आजदेखि कम हुँदै जाने
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।
भवनको अभावमा न्याय सम्पादन प्रभावित
सुरक्षित भवनको अभावमा चितवनको जिल्ला अदालतमा पानी चुहिने कोठाबाट न्याय सम्पादन गर्नुपर्ने बाध्यता छ । मुद्दाको चाप वृद्धि भएपछि अहिले जिल्ला अदालतमा इजलास वृद्धि गरेर सात वटा बनाइएको छ । ती इजलास पक्की भवनमा राख्न सम्भव नभएपछि टिनको टहरो निर्माण गरेर राखिएको छ । टिनको टहरोमुनि रहेका तीन वटै इजलासमा पानी चुहिने समस्या भएको जिल्ला अदालतका सूचना अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
चोभार बन्दरगाहमा भन्सार जाँचका लागि आउन थाले नयाँ सवारी
काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै गएको छ । असार दोस्रो सातादेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउन सुरु गरेकामा हालसम्म ४९ वटा नयाँ सवारीसाधनले भन्सार जाँच पास गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर भन्सार जाँच पासका लागि आइसकेको र सो आउने क्रम निरन्तर बढिरहेको छ । नयाँ सवारीसाधन आउने क्रम निरन्तर जारी रहेको छ ।
पिकनिक खान गएका दुई जना त्रिशुलीमा बेपत्ता
शनिबार पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा वेपत्ता भएका छन् । भरतपुर मनपा २९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका दुई जना नदीमा बेपत्ता भएका हुन् ।
सिपालु गृह श्रमिकका फेरिएको दैनिकी
विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ ।