प्रत्यारोपण केन्द्रका लागि नयाँ भवन बनाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।
मनमा अत्यधिक निराशाको भावना आएमा ११६६ सम्पर्क गर्न आग्रह
सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ ।
स्टार्टअपलाई परिभाषित गर्न स्टार्टअप नीति ल्याउन आवश्यक : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ ।
जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह
स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवम् गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् ।
सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधानन्यायाधीश
सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो ।
निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकारसमक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।
पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप
क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम
एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् ।
दस संसदीय समितिको बैठक बस्दै
आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि संसदीय समितिले सभापति पाउन लागेको हो ।
सहुलियतपूर्ण ऋणको बजेट कटौती
बागमती प्रदेश सरकारले उत्पादन र रोजगारीको सिर्जना गरी सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । सहुलियतपूर्ण ऋण लगानी प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा वित्तीय व्यवस्थापनतर्फ सहुलियतपूर्ण ऋण लगानीको बजेट कटौती गरेको हो ।
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त
अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उहाँहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा अनिलविक्रम कार्कीले जानकारी दिनुभयो ।
अपाङ्ग पुनःस्थापना केन्द्रको भवनमा शिक्षा निर्देशनालय
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्ग पुनःस्थापना केन्द्रका लागि बनाएको भवन यतिखेर शिक्षा विकास निर्देशनालयले प्रयोग गर्दै आएको छ ।
नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने
सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।
श्रेष्ठलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार
फोटा पत्रकार नरेश श्रेष्ठ आइतबार विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४३ बाट सम्मानित हुनुभएको छ । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारका रूपमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएका गोरखापत्रका पूर्वफोटो पत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।
लगानी स्वीकृतिपत्र हस्तान्तरण
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाएका चार जलविद्युत् आयोजनाका लागि ऋण स्वीकृत गरेको पत्र प्रदान गरेको छ । शुक्रबार एचआइडिसिएलले एकै पटक कुल पाँच सय मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको पत्र प्रदान गरेको हो ।
पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान
पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण समेत गरिएको छ ।
नौ जना सभापति निर्विरोध निश्चित
प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल यही भदौ ३० गते महासभामा सहभागी हुने छ ।
एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना पर्सिदेखि
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) बुधबार (भदौ १३) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।
ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
बागवानी केन्द्रका फलफूल बजारमा
मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्।