• २५ पुस २०८१, बिहिबार

निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह

blog

एकीकृत निर्वाचन कानुनसम्बन्धी विधेयकको आधारभूत विशेषताबारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयोगका प्रमुख अयुक्त दिनेशकुमार थपलिया । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, भदौ ११ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकारसमक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोग र नेपाल कानुन समाजले आज (सोमबार) सञ्चारकर्मीसँग गरेको छलफलमा उहाँले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट गर्नुभयो ।

गतवर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई ध्यान दिई आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेश गरेको थियो ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उक्त विधेयक पारित भएमा व्यापक सुधार हुने उल्लेख गर्नुहुँदै निर्वाचनको सवालमा नैतिक मूल्य मान्यतालाई पनि राजनीतिक दलले आत्मसात् गर्नुपर्ने बताउनुभयो । उक्त विधेयक तर्जुमा गर्नु २०७८ पुस १४ गते नेपाल सरकारबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । रासस