नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको माग
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपानी आयोजनाबाट प्रभावित हुने सिँचाइ किसानले उक्त आयोजनाको विकल्प खोज्न माग गरेका छन् ।
हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध
अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
सत्ताइस वर्षअघि बनेको पोखरी प्रयोगविहीन
रामेछाप नगरपालिका–८, माथिल्लो बाबियाखर्कमा ३६ लाख लिटरभन्दा बढी क्षमताको प्लास्टिक पोखरी उपयोगमा आउन सकेको छैन ।
अझै लागु भएन स्थानीय पाठ्यक्रम
स्थानीय पाठ्यक्रमको प्रारूप तयार भएको पाँच वर्ष बित्नै लाग्दा पनि दोलखाका सबै स्थानीय तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु हुन सकेको छैन ।
नागरिकलाई अनुभूति हुने काम गर्ने प्रतिबद्धता
बागमती प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् ।
पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।
‘जनतामा आशा पलाएको छ’
नेकपा (माओवादी) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । राजधानीमा भएको एक कायक्रममा बोल्दै उहाँले भ्रष्टाचार विरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी कान्ड, मिटरब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको बताउनुभयो ।
दस लाखप्रति लाइसेन्स छाप्न बाँकी
१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी छ । यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो । यातायात व्यवस्था विभागले हाल नियमित छपाइको काम बन्द गरेको छ । प्रिन्ट कार्ड सकिएकाले हाललाई बन्द गरिएको विभागले जनाएको छ ।
पुल महाशाखा टोलीद्वारा सिग्नेचर पुल निर्माणस्थलको निरीक्षण
नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेका छन् ।
बागमती प्रदेशमा भाडा समायोजन
बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा वृद्धि गरेको छ ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो : नेपाल प्रहरी
जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो ।
नेपाल र जापानको अति घनिष्ठ सम्बन्ध छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रतिनिधि सभाको शून्य समय : बढेको पारिश्रमिक लागू गर्न माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ ।
सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताउनुभएको छ ।
सिटी ब्राण्डिङका लागि अवधारणासहित सूचीकृत हुन आह्वान
राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अवधारणा पत्रसहित सूचीकृत हुन आउन भनेको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौँ : मन्त्री बस्नेत
पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
गौरापर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर् याएको छ : सभापति देउवा
सभापति देउवाले गौरापर्वका अवसरमा आज विज्ञप्ति प्रकाशन गरी सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै यस पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको उल्लेख गर्नुभएको छ ।
जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत
अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुनुभएको छ ।
जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने
जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
राष्ट्रिय बाल नीति छिट्टै पारित हुन्छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तह, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर बाल अधिकार र विकासको क्षेत्रमा काम गर्नुपर्ने भन्नुहुँदै सरकारले राष्ट्रिय बाल नीति छिट्टै पारित गर्ने बताउनुभयो ।