सभापति देउवाद्वारा डा. कार्कीप्रति श्रद्धाञ्जलि
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
कोशी सरकारविरुद्धको रिटमा आज पेसी
कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो ।
काँग्रेस नेता कार्कीको निधन
नेपाली काँग्रेसका नेता एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
प्रदेश सभा बैठक भदौ १७ गते बस्दै
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि भदौ १७ गते बस्ने भएको हो ।
शनिबारदेखि मौसममा सुधार आउने
मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ ।
वन अतिक्रमणविरुद्ध अदालतमा मुद्दा
दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी वडा कार्यालय निर्माण सुरु गरेको भन्दै दोलखा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
रङ्गशाला निर्माणमा ढिलाइ
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रपलाञ्चोकमार्फत ठेक्का लागेको सिन्धुपाल्चोक चौतारा मिनी रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।
‘माटो’ ब्रान्डको स्टोर बुढानीलकण्ठमा
नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको ‘माटो’ ब्रान्डको सातौँ स्टोर बुढानीलकण्ठमा खुलेको छ । जहाँ स्थानीय किसान सफल हुन्छन्, त्यहाँ राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरूप ‘माटो’ ले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र बिक्रीवितरणमा राखेको छ ।
उपराष्ट्रपति यादवद्वारा गौरा पर्वको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।
गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुखद्वारा गौरा पर्वको शुभकामना
सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
मापदण्डविपरीत प्रयोगशाला सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो। स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन्। मन्त्री बस्नेतले ‘क’ वर्गका भनिएका केही प्रयोगशाला मापदण्डविपरीत रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासँगै,
सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेका राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्ट गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपियाँ जरिवाना तिर्नु परेको छ ।
प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो ।
धादिङ बस दुर्घटना : मृतक आठमध्ये चार जनाको सनाखत
धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ।
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन
भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।
बाढी पहिरो उद्धार कार्यमा नेपाली सेना
नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । नेपाली सेनाका अनुसार बाढी पहिरोबाट प्रभावित कालिकोट, चितवन, रौतहट र मुगुका विभिन्न स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिएका हुन् ।
प्रधानमन्त्रीद्वारा त्रिशूली बस दुर्घटनाप्रति दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खाल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।
अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
त्रिशूली बस दुर्घटना : आठ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।
सिपमूलक कार्यले घर खर्च चलाउन ६२ प्रतिशत योगदान
स्वरोजगारको रूपमा घरमा बसेर, सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सिपमूलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक (होम वेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिशत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ ।
आवाससहित प्रविधिमैत्री भवन बन्नुपर्छ : मुख्यमन्त्री जमकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी भवन व्यवस्थित र सुविधासम्पन्न आवासहितको प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।