• १२ मंसिर २०८१, बुधबार

मापदण्डविपरीत प्रयोगशाला सञ्चालन

blog

काठमाडौँ, भदौ ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो। 

स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन्। मन्त्री बस्नेतले ‘क’ वर्गका भनिएका केही प्रयोगशाला मापदण्डविपरीत रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासँगै, अस्पताल, फार्मेसी तथा उपकरणसमेतको अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो। अनुगमनका क्रममा सरसफाइ नभएको, बडापत्रमा मूल्यसूची नराखेको पाइएको थियो। त्यस्तै ‘क’ वर्गको प्रयोगशालामा तीन जनाले मात्र कर्मचारी रहेका थिए।