पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।
साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नु पर्छ : निमानुरु शेर्पा
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ ।
सय दिने उपलब्धि,सबै श-या निःशुल्क
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालका सबै सामान्य शøया निःशुल्क गर्ने निर्णय कार्यान्वयन हुनुलाई सबैभन्दा महìवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशभित्र रहेका १३ वटा प्रादेशिक अस्पतालका आइसियु, एनआइसियु र क्याबिनबाहेकका सबै श-या भदौ १ गतेदेखि निःशुल्क गरिएको छ ।
जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ ।
अस्पतालका उपकरण प्रयोगविहीन
दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।
बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु
मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा
काठमाडौँमा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन् ।
बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ : सभापति पन्थ
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
प्रदेश सभाले पाउने भयो बिजनेस
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । बिजिनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि सोमबार बस्ने भएको हो
रैथाने बालीको बजारीकरण गर्दै पालिका
हरेक साता काठमाडौँमा लाग्दै आएको रैथाने हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण गरेको छ । मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाटबजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैँ बिक्री गर्न पुग्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश
सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताउनुभयो ।
सेनाको जिम्माका सडकबारे छलफल गरिने
नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसेको बैठकले के कारणले आयोजना ढिला भए भन्नेबारे नेपाली सेनासँग जवाफ माग्ने गर्ने निर्णय गरेको छ । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले अहिले पाँच वटा सडक आयोजनामा काम गरिरहेको छ ।
बागमती प्रदेशसभा बैठक १८ गते बस्ने
बागमती प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश सभा विजिनेसविहीन भएका कारण बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गराएको हो । प्रदेशसभाको अर्को बैठक १८ गते सोमबार बस्नेभएको छ ।
बजारमा गाईजात्राका लागि आवश्यक सामान (फोटो फिचर)
नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारूँ’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।
एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा प्रदर्शन
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
भेपमा सुन प्रकरण : राहुल महरा पक्राउ
भेपमा सुन लुकाएर भएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् ।
एमसिसी परियोजना कार्यान्वयनमा
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।
शर्मा कार्यकारी निर्देशक र पनेरु महाप्रबन्धकमा नियुक्त
सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ
जसपा अध्यक्ष यादवद्वारा साइबर ब्युरोमा जाहेरी
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिनुभएको छ ।
मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता
बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लील फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्टरनेट पहुँचका अधिकांश बालबालिका दुर्व्यवहारको शिकार
इन्टरनेटको पहुँचमा रहेका नेपालका अधिकांश बालबालिका दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।