काठमाडौँ ट्रान्जिट बनाएर भैरहवा–बेङ्लुरू उडान
नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै बेङ्लुरू उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको निगमले गत मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर गन्तव्यमा पु-याउने सुविधा सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–बेङ्लुरूकै भाडादरमा उडान सुरु गर्न लागिएको हो ।
मुद्दा दोहोर्याउने अनुमति पाउँदा फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ (२) बमोजिमको सुविधा पाएको व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्चको संयुक्त इजलासले गरेको हो।
सांसदको कुरा सम्बोधनमा सरकारले ध्यान दिएन : सचेतक बर्तौला
नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ ।
कृषकहरुले मुलामा पाए राम्रो मूल्य
एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दंग परेका छन् ।
चित्लाङमा हिले जात्राको रौनक
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ ।
त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ सुरू
त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।
राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढङ्गले अगाडि बढाइनेछ : शिक्षामन्त्री
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ ।
काठमाडौं र ललितपुरमा शनिबार विद्युुत अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ ।
मध्यबर्खामा पनि खानेपानीको पिरलो
धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ ।
काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट बैंग्लोर उडान गर्ने
नेपाल वायुसेवा निगमले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंग्लोर उडान गर्ने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नक्साबारे छलफल हुन्छ : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वाधार विकासमा जनश्रमदान
सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा हालैको बाढी पहिरोबाट क्षतिग्रस्त बनेको विकासका पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको छ ।
अमेरिकी सिनेटर होलेन नेपालमा
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज काठमाडौं आइपुग्नु भएको छ ।
कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो ।
सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी
धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।
सीमान्तकृत चेपाङ समुदायकाे न्वाँगी पर्व
सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व छोनाम (न्वाँगी) हर्षोल्लासपूर्वक मनाउन तयारी थालेका छन् ।
नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क
नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।
भदौ २० देखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै
शुक्रबार महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।
विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ ।
गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।
अलैंची खेतीतर्फ आकर्षित हुँदै किसान
गोलन्जोर गाउँपालिका –५ हिर्दिङ निवासी किसान डम्बरबहादुर बस्नेतले पाँच बर्षभन्दा बढी समयदेखि व्यावसायिक रुपमा अलैची खेती गर्दै आउनुभएको छ । यतिखेर उहाँको नौ रोपनी जमिन अलैची खेतीले ढाकेको छ ।
पाटनमा मनाइयो मतयाः पर्व (फोटो फिचर)
प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।