हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको थियो
अख्तियारी नआउँदा कार्यक्रम प्रभावित
समयमै कार्यक्रम, बजेट र अख्तियारी नआउँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (सुपर जोन) सिन्धुलीका कर्मचारी कार्यालय कुरेर दिन बिताउन बाध्य छन् ।
पर्यटकीय गन्तव्य बन्दै तीनधारे झरना
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कोरोना सङ्व्रmमणको समयदेखि सामाजिक सञ्जालमा प्रख्यात रहेको तीनधारे झरना हेर्नका लागि शुव्रmबार र शनिबार पर्यटकको भीड लाग्ने गरेको छ ।
मेथिनकोट अस्पतालमा निःशुल्क डायलासिस
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ ।
सञ्जालका सबै विषय समाचार होइनन् : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।
चेपाङ समुदायको पर्वमा बिदा दिने निर्णय
बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वागीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
क्यानडा पठाउने भनी ३४ लाख ठगी गर्ने दुई पक्राउ
सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ ।
आसिफ अर्धशतक बनाएपछि आउट
एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।
लेखा अधिकृत कार्कीविरुद्ध चार करोड ६७ लाख बढीको भ्रष्टाचार मुद्दा
जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न गृहको आग्रह
गृह मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरुमा वक्तव्यबाजी नगर्न र नगराउन आग्रह गरेको छ ।
सङ्घीय निजामती कर्मचारी ऐन मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ ।
बीपी साहित्य महोत्सवमा गजल साँझदेखि चित्रकला प्रदर्शनी हुने
नेपाली कांग्रेसले एक सय १० औं बीपी जयन्तीको अवसरमा आयोजना हुन गइरहेको बिपी साहित्य महोत्सव २०८० मा कविता, गजल साभ्mदेखि चित्रकला प्रदर्शनी हुने भएको छ ।
३७ सदस्यीय बीपी साहित्य महोत्सव मूल समारोह समिति गठन
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते सम्पन्न हुने बीपी सहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
गिरिबन्धु टी स्टेट प्रकरणबारे सरकारले छानबिन गर्नुपर्छ : सांसद खतिवडा
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।
संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ ।
राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउनु : काठमाडौं जिल्ला प्रशासन
काठमाडौं जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, चौधको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ।
‘उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने कलेज नेपालमै छन्’
जनप्रतिनिधि तथा शिक्षाविदहरूले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न विदेश नै जानुपर्छ भन्ने मान्यता नराख्न विद्यार्थीहरूसँग आग्रह गरेका छन् ।
वर्षातका कारण जनधन गुमाएकालाई सरकारले राहतको व्यवस्था गर्नुपर्छ : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।