• १९ असार २०८१, बुधबार

बीपी साहित्य महोत्सवमा गजल साँझदेखि चित्रकला प्रदर्शनी हुने

blog

सानेपास्थित बिपी स्मृति भवनमा भदौ २४, २५ र २६ गते सम्पन्न हुने महोत्सवबारे सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ १८ गते । नेपाली कांग्रेसले एक सय १० औं बीपी जयन्तीको अवसरमा आयोजना हुन गइरहेको बीपी साहित्य महोत्सव २०८० मा कविता, गजल साझदेखि चित्रकला प्रदर्शनी हुने भएको छ ।

सानेपास्थित बीपी  स्मृति भवनमा भदौ २४, २५ र २६ गते सम्पन्न हुने महोत्सवबारे सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तीन दिनसम्म चल्ने महोत्सवमा हुने विविध गतिविधिको बारेमा जानकारी दिनुभयो ।

उहाँले पहिलो दिन प्रा. अधि सुवेदीले बीपी  साहित्य सिर्जना र जीवन दर्शनबारे, दोस्रो दिन प्रा. आनन्द कुमारले मार्क्स, गान्धी एण्ड बीपी फर डेमोक्रेटिक सोसियलिजम् टुडे र तेस्रो दिन प्रा. केदारभक्त माथेमाले बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला भन्ने विषयमा सम्भाषण हुने जानकारी दिनुभयो ।

बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य, बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीतिक र कूटनीतिमा बीपी, समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी र परिवारले बुझेका बीपी भनेर विभिन्न १२ वटा सत्र सञ्चालन हुनेछन् ।

उहाँले यी विषयमा पहिलो दिन कविता, दोस्रो दिन गजल साँझ, तेस्रो दिन साङ्गीतिक साँझ, फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरुबाट प्रत्यक्ष कोरिका चित्रहरु प्रदर्शनी, हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्ती विषयक वृत्तचित्र प्रदर्शनी र ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शन हुने जानकारी दिनुभयो ।

नेपाली लेखक सङ्घको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक सङ्घ र फाइनआर्टको सहयोगमा महोत्सव सम्पन्न हुने महोत्सव समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस

३७ सदस्यीय बीपी साहित्य महोत्सव मूल समारोह समिति गठन