• १७ असार २०८१, सोमबार

३७ सदस्यीय बीपी साहित्य महोत्सव मूल समारोह समिति गठन

blog

काठमाडौं, भदौ १८ गते । नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते सम्पन्न हुने बीपी सहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय समितिको साउन २ देखि १० गतेसम्म सम्पन्न बैठकले बीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय बमोजिम उक्त समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला सङ्ग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दूर सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, सीता थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, कृष्ण बानियाँ, जितेन्द्र श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, नवराज लम्साल, डा. रत्नमणि नेपाल, शैलेन्दुप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल रहनुभएको छ ।