दसैँअघि पानी पठाउन कठिन
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि वितरण गर्न असम्भव भएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगर– १६ का अध्यक्ष रिजालकाे निधन
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ ।
प्रदेश सभाको बैठक आइतबार बस्ने
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक पुनः सारिएको छ । सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक बस्ने प्रयास गरिए पनि सत्ता पक्ष र विपक्षीबिच सहमति नजुटेपछि
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ स् मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।
आयुर्वेदप्रति आकर्षण बढ्दै
पछिल्लो समय मकवानपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
पत्रकारिता नागरिकलाई उत्साह दिने हुनुपर्छ : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले अबको पत्रकारिता नागरिकलाई सकारात्मक काम र बाटोमा लाग्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मकवानपुरगढी दरबार परिसरमा मेला
मकवानपुरको मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीका अवसरमा मेला लागेको छ।
कांग्रेसका सहमहामन्त्रीलाई शल्यक्रिया पछि अब्जरभेसनमा राखिने
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।
सहमहामन्त्री यादवमाथि साङ्घातिक आक्रमणको कांग्रेसद्वारा भर्त्सना
नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति घेर निन्दा एवम् भर्त्सना व्यक्त गरेको छ ।
द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।
विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छः कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।
सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र (फोटो फिचर)
कलङ्की–वसुन्धरा चक्रपथ विस्तारका लागि सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र बनाइएको छ । चक्रपथ विस्तारका लागि चक्रपथ सुधार योजनाले निर्माण कार्य सुरुवात गरेको हो । ६ मिटर चौडाइमा बन्ने ‘ट्रयाक’को कुल लम्बाई ८.२ किलोमिटर छ ।
जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङ्गठन र समिति अद्यावधिक हुनुपर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।
कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आजबाट अनलाइन टिकटको व्यवस्था
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।
जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ
पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
बलात्कार आरोपमा डाक्टर राई पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने
समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।
‘डोजरे विकास’ ले निम्त्यायो विनाश
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले डोजरे विकासले विनाश निम्त्याएको बताउनुभएको छ । प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजना एवं अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगको आर्थिक प्राविधिक सहयोगमा मङ्गलबार हे
खाली जग्गा सदुपयोग गरी कागती खेती
धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो ।
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।