• ११ पुस २०८१, बिहिबार

गिरिबन्धु टी स्टेट प्रकरणबारे सरकारले छानबिन गर्नुपर्छ : सांसद खतिवडा

blog

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा ।

काठमाडौं, भदौ १८ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

यसैगरी उहाँले निर्वाचित जनप्रतिनिधिलाई जथाभावी नबोल्न पनि सचेत गराउनुभयो । सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्ति पछिल्लो समयमा आउने गरेको उल्लेख गर्नुहुँदै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।

उहाँले भन्नुभयो, ‘‘गिरिबन्धु टी स्टेटको बारेमा तुरुन्त भएको भ्रष्टाचारको छानबिन गरी कारबाही अघि बढाउन अनुरोध गर्न चाहन्छु । सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं । कोही जातीय राज्य चाहियो भन्छौं । कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’’

सांसद खतिवडाले जनप्रतिनिधिहरुले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताउनुभयो ।