• १३ साउन २०८१, आइतबार

एमसिसी परियोजना कार्यान्वयनमा

blog

एमसिसी परियोजना कार्यान्वयनका लागि पत्र आदान–प्रदान गर्नुहुँदै अर्थमन्त्री महत र एमसिसी कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष अल्फोर्ड । तस्बिर : अर्थ मन्त्रालय

काठमाडौं, भदौ १३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

पत्र आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसिसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताउनुभयो । उहाँले विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । यससँगै एमसिसी परियोजनाले तोकिएको काम, कारबाहीहरू प्रारम्भ गर्नेछ ।


यो पनि पढ्नुहोस

एमसिसीको पाँचवर्षे समयावधि आजदेखि सुरु हुँदै