• २५ वैशाख २०८१, मङ्गलबार

राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

blog

काठमाडौं, भदौ ११ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ ।

उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराईसहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको हो ।