काठमाडौं, भदौ १४ गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङ्गीता मिश्रा नियुक्त हुनुभएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निजी सचिवालायका अनुसार बुधबार उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।
स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा.मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।
डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा हुनुहुन्थ्यो । यसअघि विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह हुनुहुन्थ्यो ।