• ५ जेठ २०८१, शनिबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

blog

काठमाडौं, भदाै १३ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्त हुनुभएको छ ।

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) उहाँलाई नियुक्त गर्नुभएको हो ।

उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा.डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ । रासस