चिकित्सक सङ्घ आन्दोलित
नेपाल चिकित्सक सङ्घले सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले विज्ञप्ति निकाल्दै बुधबार र बिहीबार संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । संघले. सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको संघका महासचिव डा. सन्जिब तिवारीले जानकारी दिनुभयो ।
रासस समाचार ‘बुलेटिन’ कक्ष खुला
राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गरेको छ । राससको ६४औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कक्षको उद्घाटन गर्नुभयो ।
राष्ट्रपति प्रजातन्त्र दिवसको मूल समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले बुधबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभएको छ ।
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ ।
प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा. यादव
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताउनुभएको छ ।
राजनीति र परराष्ट्र मामिलामा महिला सहभागितालाई जोड
सञ्चारसचिव राधिका अर्यालले प्रमुख सञ्चारमाध्यमहरुमा महिला राजनीतिकर्मी, महिला पत्रकार तथा महिलाका मुद्दा मुखरित हुन नसक्नुका कारणहरु खोजेर त्यसमा समाधानसहितको पत्रकारिताका लागि जोड दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोह २०८१ (प्रत्यक्ष प्रसारण)
काठमाडौँ, फागुन ७ गते । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा सुरु भएको छ ।
सेवा विविधिकरणले राससको औचित्य थप स्थापित भएको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनुभएको छ ।
रासस समयानुकूल अझ सशक्त स्रोतका रूपमा प्रस्तुत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) समयानुकूल अझ सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा प्रजातन्त्र दिवसको शुभकामना
काठमाडौँ, फागुन ७ गते । ७५ औँ प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा शुभकामना व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति उहाँले भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिष्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गर्नुभएको छ । २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहेको उहाँले उल्लेख गर्नुभएको छ । यो ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको जनाएको छ ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
आजको दिन नेपाल र नेपालीका लागि कोशेढुंगा : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।
इतिहासको ‘क्रिटिकल जङ्क्चर’ २००७ सालको प्रजातन्त्र
इतिहास आफैँ दोहोरिन्छ– पहिलो पटक वियोगका रूपमा र दोस्रो पटक परिहासका रूपमा’ कार्ल माक्र्सको यो टिप्पणीले मन छुन्छ ।
फागुन ७ सुनौलो बिहानी बोकेको दिन हो : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रजातन्त्र दिवस २०८१ को अवसरमा देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख देवकोटाले आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्राणको आहुती गर्ने वीर सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताउनुभएको छ ।
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने
काठमाडौँ, फागुन ७ गते । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताउनुभएको हो ।“विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो”, सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ ।” सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “सहिदहरूको बलिदानले प्रजातन्त्र तथा नागरिक स्वतन्त्रतासँगै देशले गणतन्त्रको यात्रा तय गरेको थियो, विसं २०६२÷६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्यो” सन्देशमा भनिएको छ, “यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो ।”मुलुकले राजनीतिक आन्दोलन र क्रान्तिमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको तर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको सन्देशमा उल्लेख छ ।
सुपारी, केराउ र मरीचको आयात खुला
सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो ।
प्रकृति लम्साल मृत्यु प्रकरण : केन्द्र सरकारको ध्यानाकर्षण
भारतको ओडिसा भुवनेश्वरमा नेपाली विद्यार्थी २० वर्षीय प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाक्रमको विषय नेपाल–भारत कूटनीतिक मामिलामा परिणत भएको छ ।
आज प्रजातन्त्र दिवस, अब समृद्धिको यात्रा
महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ अर्थात् प्रजातन्त्र दिवस ।
स्ववियू निर्वाचन चैत ५ मा गर्ने निर्णय
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबिच आज भएको छलफलमा सो निर्णय भएको हो ।
सबै क्षेत्रमा परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
नेपाल सरकारका गहृमन्त्री रमेश लेखकले बागमती प्रदेश सरकारसँग सहकार्य गरी काम गर्न सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
एक सय २० सशस्त्र प्रहरी कारबाहीमा
सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशनविपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका एक सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।
कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने
नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।