प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।
प्रकृति लम्सालको न्यायकाे माग गर्दै काठमाडौँमा प्रदर्शन
भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
तोलामा सात सयले बढ्यो सुनको मूल्य
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ ।
पिपल चोककै काटियो पिपल
स्थानीय सरकारको लापर्बाहीका कारण इतिहास बोकेका चौतारा मेटिँदै गएका छन् । भरतपुर महानगरपालिका र पूर्वीचितवनका स्थानीय पालिकाले चौतारा जोगाउने विषयमा ध्यान नदिँदा ऐतिहासिक महत्त्व बोकेका, धार्मिक आस्था र सामाजिक महत्त्व जोडिएका वरपिपलका चौतारो मासिँदै गएका हुन् ।
चन्द्रागिरि नगरपालिकाद्वारा नवनियुक्त सहसचिव अर्याल सम्मानित
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस हुनुभएकामा उहाँलाई विशेष सम्मान गरिएको छ ।
आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली
हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
‘बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड’
बालविवाह अन्त्यका लागि विद्यमान ऐन, कानुन, नीतिको व्यावहारिक प्रचलन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
अध्यक्षका लागि पाँच जनाको नाम सार्वजनिक
नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना छानिएका छन् । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जनाको नाम छोटो सूची प्रकाशन गरेको हो ।
सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन
ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्धन गर्ने लक्ष्यसाथ विद्युत् विकास विभागले ‘ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ ।
पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण
पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण गर्न थालिएको छ । पाइप लाइनबाट ल्याई बाराको अमलेखगन्जमा भण्डारण गरिएको पेट्रोल वितरण गरिएको हो ।
सार्वजनिक निष्कासन रोकिएकामा ध्यानाकर्षण
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संसद्को सार्वजनिक लेखा समितिको निर्देशनका कारण जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन प्रभावित भएको जनाएको छ ।
गैरसरकारी संस्था नागरिकप्रति जबाफदेही हुनुपर्ने
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले गैरसरकारी सङ्घ संस्था जनमुखी, सुशासन, पारदर्शी र आन्तरिक रूपमा लोकतान्त्रिक हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौँका सडकको जिएसआई नक्साङ्कन सुरु
काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन सुरु गरेको छ ।
एकल आमाका सन्तानलाई नागरिकता प्रस्ताव
प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको छ ।
प्रहरी स्वायत्तता कमजोर हुन्न
विधायिकी प्रक्रियामा रहेको पाँच वर्षपछि भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित भएको छ । २०७६
अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर अध्यक्षमा पौडेल
अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो ।
कागेश्वरी मनोहरा पर्यटन महोत्सवको तयारी
कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय कला र सँस्कृतिको प्रबर्धन गर्ने उद्देश्यले फागुुन ७ गते ११ औं ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल
नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ ।
गलत भाष्य निर्माण नगरौं : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संवेदनशील विषयमा सामाजिक सञ्जालमा गलत भाष्य नबनाउन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उहाँले तथ्यसहितका सिर्जनात्मक सामग्री सम्प्रेषण गर्न सुझाव दिनुभएको छ ।
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न अध्यक्ष दाहालको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा
गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भई रहेको स्पष्ट पारेको छ ।
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ ।