काठमाडौँ, वैशाख १९ गते । आगामी दशकलाई आन्तरीक रोजगारी दशकका रूपमा मनाइने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभयो ।
रोजगारी तथा ज्याला रोजगारी दुवैका माध्येमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने उहाँले जानकारी दिनुभयो । वैदेशीक रोजगार सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नीति तथा कार्यविधि संशोधन गरिने उहाँको भनाइ छ ।