• २० वैशाख २०८२, शनिबार

राष्ट्रपति पौडेलसँग अजरबैजानका उप विदेशमन्त्रीको भेट

blog

राष्ट्रपति रामचन्द्र पौडलसँग शिष्टाचार भेट गर्नुहुँदै अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ । तस्बिर: राष्ट्रपतिको सचिवालय

काठमाडौँ, वैशाख १९ गते  । राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ । 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र अजरबैजानबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रिपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।