काठमाडौँ, वैशाख १९ गते । शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने भएको छ । बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभयो ।
विद्यालय शिक्षाको सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनः संरचना गरिने । विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिने राष्ट्रिपति पौडेलले जानकारी दिनुभयो ।
विद्यालय शिक्षा कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेकलाई यसै अघिवेशनबाट पारित गरिने र २०४८ भित्र सबै बालबाकिलालाई आधारभूत शिक्षा पाउने व्यवस्था गरिने उहाँको भनाइ छ ।