काठमाडौँ, वैशाख १९ गते । सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने जनाएको छ । शुक्रबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले २०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याइँदै जाने जानकारी दिनुभयो ।
राष्ट्रपतिले भन्नुभयो, ‘‘सरकारले संविधानको समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमी–कमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया आगाडि बढाउने छ ।’’