• २० वैशाख २०८२, शनिबार

कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

blog

कान्ति लोकपथको ठिंगन सडक खण्ड ।

राममणि दाहाल

मकवानपुर, वैशाख १९ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ वैशाखको तेस्रो साताबाट १५ दिनका लागि बन्द भएको छ । उक्त सडक मर्मतका क्रममा आगामी जेठ १ गतेसम्मका लागि दैनिक ६ घण्टा बन्द गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार कान्ति लोकपथमा बिहीबारबाट १५ दिन बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।

ठिंगन–बगुवा सडक खण्ड अन्तर्गत भर्‍याङडाँडामा सडकको चौडाई विस्तारको लागि चट्टान कटान कार्य सुरु भएकोले बिहान १०ः०० बजेदेखि दिउँसो १६ः०० वजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने कार्यालयले भनेको छ ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले सो अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गर्नुभएको छ । 

कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरले निर्माण कम्पनी मार्फत बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा सडक खण्डमा सडक चौडाई गर्ने कार्य भइरहेको छ ।