विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन
यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
हराए पुतली, देखिन छाडे जुनकिरी
भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उहाँले मेला
धादिङको उत्तरी क्षेत्र तिप्लिङमा बोडर आउट पोष्ट
सशस्त्र प्रहरी बल नेपालले चीनको सीमा क्षेत्रमा रहेका धादिङको उत्तरी क्षेत्र तिप्लिङमा (बिओपि) बोडर आउट पोष्ट स्थापना गरेको छ ।
‘प्रेस स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ’
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानुनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस–पत्रकारिताको सामाजिक एजेण्डा एआई
आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपियाँ ०४ पैसा र बिक्रीदर १३५ रूपियाँ ६४ पैसा कायम भएको छ ।
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ ।
सिसी क्यामरा नहुँदा सुरक्षामा चुनौती
चितवनको टिकौली जङ्गलमा वन्यजन्तुसँगै अन्य गतिविधि निगरानी गर्न राखिएको सिसी क्यामरा बिग्रेको बर्सौं हुँदा पनि मर्मत गर्न कुनै निकायले चासो दिएको छैन । भरतपुर महानगरपालिकाको पूर्वी क्षेत्र गोन्द्राङदेखि टिकौली जङ्गल हुँ
तीन प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ ।
अख्तियारले माग्यो खर्च विवरण
बागमती प्रदेश सरकारमातहतको हेटौँडा अस्पतालमा औषधी खरिदलगायत बजेट खर्चमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले अनुसन्धान थालेको छ । अख्तियार
अठार हजार घर पुनर्निर्माण
२०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पका कारण ध्वस्त भएका घरमा १० वर्षमा ८८ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । त्यसबेला जिल्लाका ९० हजार ९०४ लाभग्राहीको घरमा क्षति पुगेको थियो ।
एमाले संसदीय दलको बैठक शनिबार बस्ने
नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सफल कार्यान्वयन गर्न सके राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनु भएको छ ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रम टेबुल
राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
स्नायु रोगको उपचारका लागि न्यूरो साइन्स केन्द्र स्थापना गर्ने
सरकारले स्नायु रोगको उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
नीति तथा कार्यक्रम : सबै स्वास्थ्य सेवालाई एकीकृत गर्ने सरकारको घोषणा
सरकारले छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गर्नुभएको हो ।
दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गर्ने
सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ ।
नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने
सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।
राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गरिने
सरकारले राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गर्ने भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्छौंः सञ्चारमन्त्री
सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।