‘सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित’
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित बनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साहको वातावरण सिर्जना गरेको हो ।
वैदेशिक सहायता परिचालनमा समस्या
वैदेशिक सहायता परिचालनमा अनेकौं समस्या देखिएका छन् । सरकारले वैदेशिक सहायतालाई पनि एक महत्त्वपूर्ण अधार बनाउँदै बजेट बनाउने गरे पनि त्यस्तो सहायता परिचालनमा अनेकौ समस्या रहेको सरकारले नै प्रष्ट पारेको छ ।
३० किलो गाजासहित महिला पक्राउ
मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
‘सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्दै श्रमिकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आयआर्जनसहितको बस्ती विकासमा जोड दिऔं : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताउनुभएको छ ।
शून्य समयमा सांसदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
गोरखापत्र संस्थान परिसर सरसफाइ
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवमा गोरखापत्रको प्रधान कार्यालय धर्मपथ परिसरमा सरसफाइ गरिएको छ ।
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गर्नुभएको छ ।
प्रिसा साह मृत्यु प्रकरणमा छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।
सोक्ला रक क्लाइम्बिङ प्रतियोगितामा सक्सेस लामा प्रथम
सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ को उपाधि सक्सेस लामाले हात पार्नुभएको छ। रक क्लाइम्विङ प्रतियोगितामा लामाले १ मिनेट १४ सेकेन्डमा ३० मिटरको रक आरोहण गरेर प्रथम भएको हो।
९५ लाख नगदसहित चार जना पक्राउ
काठमाडौँ, वैशाख २२ गते । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट स्राेत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे छन् । उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
भरतपुर अस्पतालमा विशिष्टीकृत सेवाको शुभारम्भ आज
शालिग्राम नेपाल चितवन, वैशाख २२ गते । भरतपुर अस्पतालमा छ वटा विशिष्टीकृत सेवाको शुभारम्भ हुँदैछ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा सुरु हुन लागेको छ वटा विशिष्टीकृत सेवाको औपचारिक रूपमा उद्घाटन गर्न लाग्नु भएको हो । काठमाडाैँको वीर अस्पतालपछि धेरै बिरामीको चाप रहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तारपछि राजधानी जानु पर्ने बाध्यता हट्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । विशिष्टीकृत सेवामा क्याथल्याव, जलन वार्ड (आगोले पोलेका विरामीकोलागि उपचार), निःसन्तान सम्बन्धी उपचार, बच्चाको सर्जरी, कलेजो सम्बन्धी उपचार, न्युरो सम्बन्धी उपचार लगायतको रहेको छ । क्याथल्याब सुरु भएपछि मुटु सम्बन्धी उपचारको लागि अब अन्यत्र जानु पर्ने बाध्यता हट्नेछ । हृदयाघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयाघात हुने गर्छ । मुटुको शल्यक्रिया ओपन हार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ ।सरकारी अस्पतालमा क्याथल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । सरकार र अस्पतालको गरी कुल साढे ११ करोड रूपियाँमा यो सेवा सुरु गर्न लागिएको प्रा.डा.पौडेलले बताउनुभयो । अस्पतालमा यस अगाडि नै सञ्चालनमा रहेको जलनको उपचार अहिले विशिष्टीकृत रूपमा सेवा सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी डाक्टर रामप्रसाद सापकोटाले बताउनुभयो । अस्पतालले सामान्य सेवा दिँदै आएको थियो तर अब विशिष्टीकृत रूपमा दिँदै छौ उहाँले भन्नुभयो अव भरतपुर अस्पताल आउनु भएका बिरामीलाई अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था रहँदैन । राजधानी पछि धेरै सेवा दिने भरतपुर अस्पताल भएको छ डाक्टर सापकोटाले भन्नुभयो । अस्पतालले छ वटा विशिष्टीकृत सेवा बाहेक अन्य सेवालाई पनि विस्तार गर्दै लैजाने तयारी गरेको छ । अस्पतालले सिमुल्टेसन ल्याबमा नयाँ चिकित्सकहरूलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । यो सेवा पनि आजैबाट सुरु हुने अस्पतालले जानकारी दिएको छ । मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुल्टेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने छ ।
मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण
नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीको कटान र पहिरोबाट एक दर्जनभन्दा बढी स्थानमा क्षतिग्रस्त बनेको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डको हालसम्म पुनर्निर्माण नहुँदा यात्रा जोखिमपूर्ण बनेको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सङ्घीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौँ, वैशाख २२ गते । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. कार्की नियुक्त
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले उहाँहरूलाई आइतबार नियुक्त गरेको हो ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याइन्छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रस्ट पार्नुभएको छ ।
बजेट पनि ठोस होस् : एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ ।
विकल पौडेल भ्रष्टाचारी ठहर
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा पौडेललाई दोषी ठहर गरेको हो ।
कुरिलो टिप्न जाँदा लडेर मृत्यु
मकवानपुरमा कुरिलो टिप्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो मकवानपुरपुरगढी गाउँपालिका –५ बस्ने ५२ वर्षीय कप्तान रुम्बाको लडेर मृत्यु भएको हो ।
तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो ।