पुलिस महिला गोल्डकपको फाइनलमा
हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्रले तीन जनालाई सम्मान गर्ने
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले गोरखापत्रका १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा तीन जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
कुखुरा बोकेको पिकअप दुर्घटना
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक कुखुरा बोकेका बोलेरो पिकअप गाडी दुर्घटना भएको छ ।
‘नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।
जानकीको जन्मदिनमा बिदा दिनुपर्छः आजपाका अध्यक्ष साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
वीरमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार
वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ ।
‘सरकारको नीति तथा कार्यक्रम परम्परागत’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताउनुभएको छ ।
बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ ।
दक्ष चिकित्सक विदेशिनु चिन्ताको विषय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभयो ।
‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको बताउनुभएको छ ।
श्रम अधिकार र जलवायु न्याय बिना समानता सम्भव छैन : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामूहिक कथा श्रम शोषण, अन्याय, असमानता र अदृश्यता भएको बताउनुभएको छ ।
हेमोफिलिया बिरामीलाई निःशुल्क दिइने औषधी नेपाल आइपुग्यो
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।
सम्पत्ति छानबिन गर्न आयोग गठनको माग
काठमाडौँ, वैशाख २३ गते । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दलीय आधारमा आफ्नो धारणा राख्दै उक्त माग गर्नुभएको हो । सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गर्नुभयो । त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति जफत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि प्रस्तुत नीति तथा कार्यक्रमको स्वागद गर्दै सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान संशोधनका निम्ति सर्वदलीय समिति गठन गरिनुपर्छ भन्नुभयो । उपसभापति गुरुङले सरकार गठनका क्रममा राजनीतिक दलबिच समन्वय, आपसी संवाद, सहकार्य र सहमति भए जस्तै देशको विकासका निम्ति पनि दलहरूबिचको सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । “फरक पार्टी वा फरक विचार हुँदैमा शत्रुतापूर्ण व्यवहार नगरौँ, हाम्रो साझा शत्रु गरिबी हो, गरिबीको विरुद्ध लागौँ,” उहाँले भन्नुभयो । रासस
विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा जोड
राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैँक र रेडियो नेपालबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैँक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबिच रेडियो नेपालका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानबिनको माग
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन जेठ ५ देखि
बागमती प्रदेशको प्रदेशसभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेसन आगामी जेठ ५ गते सोमबार आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
सकियो गोहीको अन्डा सङ्कलन कार्य
अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको अन्डा सङ्कलन कार्य सकिएको छ । चालिस दिनभन्दा धेरै समय लगाएर घडियाल गोहीको अन्डा राप्ती नदीबाट सङ्कलन गरिएको हो । निकुञ्जको कसरा क्षेत्रमा गोहीको प्रजनन केन्द्र स्थापना गरि
सिमभन्ज्याङ तालमा डुङ्गा सयर
मकवानपुरको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङस्थित तालमा पर्यटकले डुङ्गा सयरको मज्जा लिन पाउने भएका छन् । स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा जिल्ला
सङ्घीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी
सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्ने छ ।