• २० वैशाख २०८२, शनिबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख २० गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपियाँ ०४ पैसा र बिक्रीदर १३५ रूपियाँ ६४ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपियाँ १३ पैसा र बिक्रीदर १५३ रूपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपियाँ ५५ पैसा र बिक्रीदर १८० रूपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपियाँ ९१ पैसा र बिक्रीदर १६४ रूपियाँ ६४ पैसा कायम गरिएको छ ।

अस्ट्रलियन डलर एकको खरिददर ८६ रूपियाँ ९१ पैसा र बिक्रीदर ८७ रूपियाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपियाँ ७१ पैसा र बिक्रीदर ९८ रूपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपियाँ १९ पैसा र बिक्रीदर १०४ रूपियाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपियाँ ३५ पैसा र बिक्रीदर नौ रूपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ५७ पैसा र बिक्रीदर १८ रूपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ०१ पैसा र बिक्रीदर ३६ रूपियाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ०५ पैसा र बिक्रीदर ३७ रूपियाँ २१ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०९ पैसा र बिक्रीदर चार रूपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ६९ पैसा र बिक्रीदर ३१ रूपियाँ ८३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ६५ पैसा र बिक्रीदर नौ रूपियाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ ९९ पैसा र बिक्रीदर १४ रूपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपियाँ ५२ पैसा र बिक्रीदर २० रूपियाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ४२ पैसा र बिक्रीदर १७ रूपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपियाँ ३४ पैसा र बिक्रीदर ४४२ रूपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपियाँ १८ पैसा र बिक्रीदर ३५९ रूपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपियाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपियाँ ३२ पैसा रहेको छ ।

यस्तै, भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस