बनेपा समाचारदाता
बनेपा, वैशाख २० गते । प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिले शनिबार धुलिखलेलमा शाक्यको आत्मकथा ‘करुणा’ माथि विमर्श कार्यक्रमको आयोजना गरेको हो ।
करुणाको आत्मकथाको विमर्श कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुखद्वारा लिखित आत्मकथाका सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुहुँदै नगर प्रमुख अशाेककुमार ब्याञ्जुले करुणा कथा लिखित, अलिखितका लागि, क्रिया प्राप्त, अप्राप्तका लागि, भोगाई व्यक्त र अव्यक्तका लागि, पूर्ववत् जीवनका आँसु, पसिना र रगतहरूको अबिशब्द हो करुणा, जहाँ कथा, कथाको व्यथा बन्न खोज्दछ, जहाँ व्यथा कथाको सागर बन्न खोज्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, माया, करुणा सबै छ त्यसलाई नजिकबाट अनूभूत गर भनेर झक्झकाउने काम गरेको बताउनुभयो ।
उहाँले ‘करुणा’ले मानिसभित्रको इमानदारिता, करुणा, माया, दयाको झल्को दिनुको साथै सत्यको पथमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । “घर, परिवार, पार्टी, समाजका व्यक्तित्वसँगको सम्बन्ध सुमधुर बनाउन, सम्बन्धलाई दरिलो बनाउनका लागि आफुले पनि सम्बन्ध निभाउनुपर्दछ भन्ने दरिलो उदाहरण पुस्तकमा प्रस्तुत गरिएको छ” अधिकारीले भन्नुभयो ।
उहाँले पुस्तकमा जन्मदिने आमा, बुवा, जीवनमा पिता र पतिको महत्व, पुस्तकले युवापुस्तालाई पठन संस्कृतिमा आकर्षण गर्नुपर्ने, युवालाई देशको माटोप्रतिको प्रेमलाई अनूभूति गरिएको बताउनुभयो । समाजका अध्यक्ष अधिकारी पुस्तमाथि विर्मश गर्दै करुणा पढेपछि नम्रताको कवच, मुस्कानको गहना, क्षमाको छाताको रूपमा राधिका शाक्यलाई चित्रण गर्न सकिने बताउनुभयो ।
विर्मश कार्यक्रममा नविल बैँकका प्रमुख कार्यकारी अधिकृत तथा प्रेरणादायी वक्ता मनोज ज्ञवालीले राधिका शाक्यद्धारा लिखित आत्मकथा ‘करुणा’ को सुरुदेखि अन्तिमसम्म सबैमा करुणा झल्किने बताउनुभयो । पुस्तकमा हाल प्रधानमन्त्री केपी शर्मा ओलीले सानै उमेरमा आमा गुमाएपछि मातृवात्सल्य टुटेकोले उहाँसँग करुणा जागेर अन्तर्जातिय विवाह गरेको समेत उल्लेख गरिएको बताउनुभयो ।
उहाँले आत्मकथामा दुःख र सङ्घर्षको चित्रण गरिएको उल्लेख गर्नुभयो । आत्मकथा विर्मश कार्यक्रममा राधिका शाक्यले आफुले जीवनमा पञ्चायती, बहुदलिय, गणतन्त्र सबै व्यवस्था देखेको र आफुले देखेको र महसुस गरेको देशको अवस्थालाई युवा र आगामी पुस्तालाई जानकारी दिने उद्देश्यले आत्मकथा लेखेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री अर्थात् श्रीमान् केपी शर्मा ओलीले सधैँ तिमी घरको काममा मात्रै व्यस्त नहोउ, तिमी क्षमता भएको मान्छे केही लेख्न सक्ने मान्छे भनेर प्रेरणा दिएका कारणले नि आत्मकथा लेख्न प्रेरित भएको बताउनुभयो । आमाबुवा, दाजुभाइ, दिदिबहिनी, श्रीमान् (केपी सर) को प्रेरणाले नै यो स्थानसम्म आउन सफल भएको बताउनुभयो ।
उहाँले आफुले दुई वटा विषयमा स्नातकोत्तर तह पास गरेको र आफ्नो श्रीमान्लाई लक्षित गर्दै अनपढ भनेर गरिएको चित्रणप्रति चित दुखेर आउने बताउनुभयो । उहाँले केपी सरको ज्ञानको अघि आफुले गरेको अध्ययन फिक्का हुने बताउनुभयो ।
उहाँले देशमा भएका सकरात्मक कुराको कसैले प्रचारप्रसार नगरेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालले नकारात्मकतातर्फ डोर्याएको बताउनुभयो ।