त्रिवि र पूर्वाञ्चलको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षद्वारा सर्वदलीय बैठक आह्वान
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सबै मिलेर यो विपद्को सामना गरौंः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नसोचेको विपद् आइलागेकाले सबै मिलेर यो विपद्को सामना गर्न आग्रह गर्नुभएको छ । सरकार र प्रतिपक्ष मात्र नभएर आम नागरिकले यस्तो विपद्मा एक भएर सहयोग गर्नु पर्ने उहाँले प्रकाशन गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।
हवाई उडान आंशिक खुला
समका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ ।
२४ सैँ घण्टा तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्रीको आग्रह
अविरल वर्षाले देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यो अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।
अत्यावश्यक खाद्यान्न अभाव नहुने, तरकारी बजारमा पाँच करोडको क्षति
अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।
नदी खोलाले देखाए आफ्नो क्षेत्र
बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निक्र्योल भएको छैन ।
देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बाढीको मारमा आइसियुका बिरामी
काठमाडौँ उपत्यकाका अस्पतालमा उपचाररत बिरामी पनि बाढीबाट प्रभावित भए ।
विद्यालय तीन दिन बन्द
वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ ।
ज्यान जोखिममा राखेर उद्धार गर्ने चणिकलाल
ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गर्नुभएको छ ।
उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट देशैभर जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,
राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो सर्वदलीय बैठक बस्ने
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
प्राकृतिक विपत्तीमा परेकाहरुको उद्धारमा जुट्न एमालेको आग्रह
ठुलो बर्षापछिको बाढी तथा पहिरोका कारण विपत्तिमा परेकाहरुको उद्धारमा जुट्न नेकपा (एमाले) ले आव्हान गरेको छ । एमाले कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले शनिबार सो आह्वान गर्नुभएको हो ।
विपदमा मर्नेका सङ्ख्या ८७ पुग्यो, अझै ७२ बेपत्ता
पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।
पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो
पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो ।
विपदबाट ७६ को मृत्यु, ७२ वेपत्ता : उद्धार कार्य जारी
लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ ।
गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार
सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।
पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् ।
बाढीपहिरोले छजनाकाे मृत्यु, दुई बेपत्ता, लार्चा पुल बगायो
चित्र मिजारसिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो । इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ । सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ । २०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।