• १३ असोज २०८१, आइतबार

सबै मिलेर यो विपद्को सामना गरौंः अध्यक्ष लिङदेन

blog

काठमाडौँ, असोज १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नसोचेको विपद् आइलागेकाले सबै मिलेर यो विपद्को सामना गर्न आग्रह गर्नुभएको छ । सरकार र प्रतिपक्ष मात्र नभएर आम नागरिकले यस्तो विपद्मा एक भएर सहयोग गर्नु पर्ने उहाँले प्रकाशन गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । 

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन पुगेको घटनाबाट राप्रपा अत्यन्तै दुःखी भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

बाढी पहिरोमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ बेपत्ता भएका छन् ।  यो वितण्डाबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले शोकाकुल परिवारमा समवेदना र घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।