लक्ष्मी खोज्दै ‘महाराजा’
सैलुन चलाउने व्यक्तिको बारेमा हो, महाराजा अर्थात् विजय सेतुपतिको कथा । जो आफ्नी छोरीसँग सहज तरिकाले जीवन बाँचिरहेको छ तर अचानक उनको जीवनमा केही यस्ता घटना आइपर्छन् जसलाई स्वयम् महाराजाले नै अनुमान लगाउन सक्दैनन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा
भरतपुर महानगरपालिका–१४ मा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी विशेषज्ञ सेवाको शुभारम्भ गर्नुभयो । सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुँवर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई विशेषज्ञ सेवाको टिकट प्रदान गरी गरिएको हो ।
सुरुङमार्गको काम तीन चौथाइ पूरा
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइभन्दा बढी काम सम्पन्न भएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ को काम भइरहेको छ ।
महसुल विवाद चाँडै टुङ्ग्याउन सुझाव
नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको महसुल विवादमा संसद्को सार्वजनिक लेखा समितिले बिहीबार उद्योगीलाई बोलाएर छलफल गरेको छ । प्राधिकरण महसुल उठाउन विद्युत् आपूर्ति विच्छेदसम्म पुग्नुपर्ने अनि उद्यमीले तिर्न तयार नहुने अवस्थाबिचमा समाधान निकाल्न भन्दै समितिले उद्यमीको कुरा सुन्न उद्यमीलाई बोलाएको थियो ।
रामेछापमा पहिरोले घर पुरिँदा तीन किशाेरीकाे मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो ।
कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
विद्युत् ट्रान्सफर्मर चोरी
विगतमा घर, पसलमा चोरी हुने गरेकोमा पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा चोरीमा संलग्न समूह विद्युत्को ट्रान्सफर्मर चोरीमा समेत सक्रिय भएको छ । पछिल्लो केही महिनामा जिल्लाका विभिन्न स्थानमा गरी चार वटा बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
रङ्गशाला निर्माणका लागि प्रधानमन्त्रीद्वारा त्रिवि पदाधिकारीसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्न लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिष्टारसँग सो विषयमा छलफल भएको हो ।
ढुङ्गाना-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुगमन
मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुगमन गरेको छ ।
रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
चार जनामा हैजा पुष्टि
ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.मुकेश पौडेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णय: मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त
सरकारले नेपाल सरकारको कायम कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
जसपा र आम जनता पार्टीद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली
जनता समाजवादी पार्टी (जसपा) ले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज शोक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटना परी मृत्युहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
खोलाले बगाउँदा एकको मृत्यु
हेटौँडा–१० मा राप्तीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
‘बजार अनुगमन प्रभावकारी भएन’
राष्ट्रिय सभाका सदस्य र उपभोक्ता अधिकारकर्मीले उपभोक्ता ठगिने क्रम रोक्न बजार अनुगमन प्रणालीलाई नियमित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।
‘अभिभावक शिक्षामा जोड दिनुपर्ने’
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद रोशन कार्कीले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नरहेको विषयलाई हेर्नुपर्नेमा जोड दिनुभयो ।
एनसिबी र राहदानी विभागबिच समझदारी
अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग
विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।
परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
युवालाई साथ लिएर अघि बढ्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार
सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।
दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ : ऊर्जामन्त्री
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।