राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
सुनचाँदीको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो ।
मोटरबोटमा रमाउँदै पर्यटक
चितवन, माघ ८ गते । चितवनको नारायणगढस्थित नारायणी नदीमा माेटरबाेटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु
इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।
सगरमाथा संवादको घोषणा गरिँदै
सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’ तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो ।
उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन
मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सेतोपाटी पुनर्निर्माणमापुरातत्त्वको रोक
पुरातत्त्व विभागले बनेपा नगरपालिका–१०, पुलबजारमा रहेको सेतोपाटीको मौलिक स्वरूप बिगार्न नहुने भन्दै रोक लगाएको छ । बनेपा नगरपालिका १० नम्बर वडा कार्यालयले ऐतिहासिक सेतोपाटी
पाँचखालमा ऐतिहासिक पुरातात्विक सम्पदा उत्खनन गरिने
काभ्रेपलाञ्चोक, माघ ८ गते । पुरातत्व विभागले पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा यस वर्ष उत्खनन गर्ने भएको छ । विभागले प्रारम्भिक चरणमा विसं २०७७ चैतमा गरेको ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण०का आधारमा करिब चार वर्षपछि उत्खनन गर्ने जनाएको हो । विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्त स्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनःजियोफिजिकल सर्भे गरिनुपर्ने जनाइएको थियो । विज्ञ समूहको उक्त सर्भेको प्रतिवेदन २०७८ सालमा विभागमा आएको थियो । प्रतिवेदनमा लिच्छवीकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनःसर्भे गरी उत्खनन गर्न सुझाव दिइएको थियो । प्रतिवेदनमा पुनःसर्भे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरको समन्वयमा सर्भे र उत्खनन गर्न छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकासँग थप प्रक्रियाका लागि समन्वय भइरहेको छ, उक्त स्थानका जमिनप्रति हो वा व्यक्तिगत छानबिन गर्नुपर्छ, यसका लागि थप पहल नभए पनि अब गर्नेछौँ ।” बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि बजेट तथा योजना बनाई चालु आर्थिक वर्षभित्र पुनःसर्भे गरिने जनाइएको थियो ।विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने कुँवरले जनाउनुभयो । विभागले पुनःसर्भे र उत्खननबारे कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई योजना प्रतिवेदन बुझाएको थियो । विभागका प्रवक्ता कुँवरका अनुसार स्थानीय तहले आफ्ना क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण एवं जीर्णोद्धारा गर्नुपर्दछ । त्यतिबेला पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उहाँले जानकारी दिनुभयो । बेलायती सर्भे उपकरण र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो । सर्भे उपकरणले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा योजनाबद्ध प्रयास भइरहेको बताउनुभयो । “थप सर्भेक्षण भएर प्रतिवेदन आएपछि मात्रै नगरद्वारा सम्पदा संरक्षणको ‘मास्टर प्लान’ बनाइन्छ, सम्पदा क्षेत्रमा जमिनका विषयमा छानबिन पनि गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पुनःसर्भेका लागि विभागले थप प्रक्रिया चाल्नुपर्छ । सर्भेयता उक्त स्थानमा खेतीपाती हुँदै आइरहेको छ । बेलायतस्थित दूरहाम विश्वविद्यालयबाट आठ सदस्यीय विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा एक साता लगाएर सर्भे गरेको थियो । विभागले प्राप्त तथ्याङ्क विश्लेषण गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको तथा बेलायतबाट आएको प्रतिवेदनले पनि एकैखालको सम्भावना देखाएको जनाएको छ ।विभागले यसअघि संयुक्त राष्ट्रसङ्घीय अङ्ग ९युनेस्को०लाई सन् २०२०, जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको जनाएको छ । नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले विभागले बेलायतबाट विज्ञ टोली मगाएको विभागले जनाएको हो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो । काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब करिब तीन वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाइएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उत्खननमा सहभागी विभागका तत्कालीन अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पुष्टि गरिएको छ ।पाँचखाल–२ माल्टारमा स्थानीयको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख प्रतिवेदनमा गरिएको छ । उक्त स्थानमा प्रारम्भिक उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ पक्की इँटाको गारोभित्र माटाको डुँडको पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।
पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड स्तरोन्नति
सिन्धुपाल्चोकको उत्तरी भेग पोखरीचौर–छापभन्ज्याङ सडकखण्ड अन्तर्गत स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत छ किलोमिटर सडक चौडा गर्ने, नाला निर्माण गर्ने, ग्राभेलिङ गर्ने र कालोपत्रेका काम धमाधम भइरहेको हो ।
पर्यटनको दिगो विकास गर्न एकीकृत गुरुयोजना आवश्यक
चितवनको पर्यटनको दिगो विकासका लागि एकीकृत गुरुयोजना बनाएर कार्यान्वयन गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् ।
पर्यटकीय ताल निर्माण
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, हिले सामुदायिक वन ‘ख’ मा पर्यटक आकर्षण गर्न पर्यटकीय ताल निर्माणको पहिलो चरणको काम सकिएको छ ।
वैदेशिक व्यापारमा सुधार
मुलुकको वैदेशिक व्यापार (आयातनिर्यात) दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ ।
धौवादी फलाम उद्योगको काममा तीव्रता दिन निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
प्रदूषण परीक्षणमा ७८ प्रतिशत अनुत्तीर्ण
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् ।
‘कानुनसँग बाझियो नेत्र विश्वविद्यालय विधेयक’
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को केही व्यवस्था कानुनसँग बाझिएको विषयमा महान्यायाधिवक्ताले आफ्नो राय दिनुभएको छ ।
सहकारी ठगीको प्रताडनामा परेका गाई गोठालोको जिम्मामा
ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको लालीगुराँस गाई फार्म ‘गोठालो’ को जिम्मा लगाइएको छ ।
अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका बनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने
कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ ।
‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकुल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ ।
खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी: प्रथम राष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताउनुभएको छ ।
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग सोमबार फोनवार्ता गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।