नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो ।
बागमती प्रदेशमा एक सय ३७ सहकारी संस्थाविरूद्ध उजुरी
बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ ।
दस जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषय समेटिनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रका सूचक समग्रमा राम्रो छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘अध्ययन सकिएपछि अधिकांश चिकित्सक विदेश जाने योजनामा’
नेपाल मेडिकल काउन्सिलका विदेश जाने चिकित्सकको सङ्ख्या बर्सेनी बढिरहेको अध्ययनले देखाएको छ । चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुणले बढेको काउन्सिलको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरी चलाउने क्रम बढ्दै
पछिल्लो समय हराएका र चोरी भएका मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरी प्रयोग गर्ने क्रम बढेको छ ।
‘५० वर्षपछि देखिनुपर्ने रोग कम उमेरमै देखिदै’
हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अङ्गहरुमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ ।
महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान
ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।
२१२ किलो गाँजा बरामद
मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ ।
एक सय वर्षमाथिका ४७ जना ज्येष्ठ नागरिक
काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधीसम्बन्धी लगत सङ्कलन गरिरहेको छ ।
हिमपातको कमीले गौरीशङ्करसमेत नाङ्गिँदै
हिमपात नहुँदा दोलखाका हिमाल नाङ्गा पहाड झैँ देखिएका छन् । हिउँ र पानी नपर्दा पनि चिसोको मात्रा भने अधिक बढेको छ । गौरीशङ्कर गाउँपालिका–९, उत्तरी दुर्गम बेदिङका मिङ्मा शेर्पाले भन्नुभयो,
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।
चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन
यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
खाद्यमा तेलको सीमा तोकियो
सरकारले खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकेको छ ।
मूल्यवृद्धि र कालोबजारीको विरोध
निर्माण गरेको कामको भुक्तानी नपाएको सहित पछिल्लो समय निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
‘अर्थतन्त्र डुब्दैन डुब्न पनि दिन्नौँ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र डुब्छ भन्नु प्रायोजित हल्ला मात्र भएको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा जाने सत्र प्रतिशत बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
हरेक दिनको सरकारी कारोबार विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने
अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ ।
अतिक्रमण हटाइयो
काठमाडौँ उपत्यका विकास प्राधिकरणले चाबहिल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।
नेता व्यवस्थापन गर्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेता व्यवस्थापन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले निर्देशन दिनुभएको छ ।
कार्यविधि नहुँदा थुप्रियो साढे दुई अर्ब
वन विकास, संरक्षण र संवर्धन गर्न स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि नहुँदा बैङ्कमै थुप्रिएको छ । विगत चार वर्षदेखि गत असार मसान्तसम्म कोषमा कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च नभएरै जम्मा भएको हो ।
जनप्रतिनिधि आफ्नै घोडामा
जनप्रतिनिधिमा नियमसङ्गत पाउने सरकारी सेवासुविधा लिन तँछाडमछाड गर्ने गरेको खबर सुनिँदै आएको छ ।