शर्माको एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’
चित्रकार भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी कुण्डलिनी’ गैँडाकोटमा जारी छ । गत कात्तिक २१ देखि सुरु भई माघ १२ सम्म रहने सो ‘कुण्डलिनी’ अवलोकन गर्न सर्वसाधारण तथा विद्यार्थीहरूको आकर्षण बढ्दो छ ।
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ ।
टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
जाडो छल्न आए पाहुना चरा
जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हे
डुङ्गा शयर गर्दै पर्यटक
चितवनमा बुधबार जङ्गल सफारीपछि सौराहास्थित राप्ती नदीमा डुङ्गा शयर गर्दै पर्यटक ।
मेनुकाको आवाजमा ‘तिमी मेरो पारुहाङ’
पुर्बेली लोकभाकामा पुर्बेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।
प्रधानमन्त्री ओली माथिको प्रहार अर्थहीन : नेता चौलागाई
नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमल चौलागाईँले नेपालको राजनीतिलाई आफ्नो हिसाबले अघि बढ्न नदिने बाह्य शक्ति अहिले पनि क्रियाशील रहेका बताउनुभएको छ ।
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।
बाह्र अर्ब बहत्तर करोडको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात भएको छ ।
श्रम स्वीकृति लिने बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
‘ढोँगी प्रवृत्ति त्यागौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँको राजनीतिले देश गलत दिशातर्फ उन्मुख हुने बताउनुभएको छ ।
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कडा कदम चाल्ने बताउनुभएको छ ।
सर्ने भयो असुरक्षित डिपो, डिपिआर बनाउन सम्झौता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै आएको सिनामङ्गलस्थित असुरक्षित डिपो अन्ततः सर्ने भएको छ ।
३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चारसय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीनसय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
हिंसा र दुर्व्यवहारको जोखिममा बालबालिका
गोर्खाकी १२ वर्षीया गङ्गा थापा ‘नाम परिवर्तन’को घरमा दिदी, बहिनी, आमाबुबा गरेर पाँच जना सदस्य थिए । उहाँको आमाबुबाले खेतीपातीको काम गर्नु हुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएको कारण गङ्गा र उहाँका दिदी बहिनीले पढ्न पाएनन् ।
अराजकता र लोकतन्त्र सँगै जान सक्दैन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) को प्रचार विभागले बिहीबार आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।
जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा
विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
सिन्धुलीका किसान प्रविधिमैत्री बन्दै
सिन्धुली जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।
‘शान्ति सम्झौताको अभिभारा राजनीतिसँगै समृद्धिको अभियान पनि हो’
नेपालमा २०५२ सालदेखि सुरु भएको दश वर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभावित पीडितहरूले अझै न्याय पाउन सकेका छैनन् ।
सत्र सयको श्रमदान: मल्पी–लीलावती सिँचाइ कुलो पुनः निर्माण
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनः निर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन् ।
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै
इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।
मरिण गाउँपालिकाले किसानलाई पेन्सन दिने
सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पेन्सनको सुविधा दिने भएको छ ।