• ८ माघ २०८१, मङ्गलबार

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

blog

प्रधानमन्त्री केपी शर्मा ओली सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट गर्नुभयो भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिनुभएको थियो ।