शिक्षा विधेयक टुङ्ग्याउन दलहरू आन्तरिक गृहकार्यमा
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउने विषयमा सत्ता सहकार्य गरिरहेका दलले आन्तरिक तयारी गरिरहेका छन् ।
सञ्चालन नै हुन सकेनन् ‘फायर हाइड्रेन्ट’
काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् ।
लागुऔषधको चङ्गुलमा युवापुस्ता !
कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे ।
गैँडाको संरक्षणमा हातेमालो गरौँ : वनमन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैंडाको संरक्षणमा सबैले हातेमालो गर्नु आवश्यक देखिएको बताउनु भएको छ ।
विद्यालय र स्वास्थ्यचौकीलाई ल्यापटप र प्रिन्टर
मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ ।
‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
स्लेट खानी ओझेलमा पर्दा थामी समुदाय चिन्तित
पुर्खौंदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पु स्थितको ढुङ्गा (स्लेट) खानी प्रवर्धनमा सरकारले चासो नदिँदा ओझेलमा परेको छ । खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित भएका छन् ।
सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ ।
योजना निर्माणमा तथ्याङ्क
विकास एउटा बहुआयामिक प्रक्रिया हो । जसले समाज, राष्ट्र वा कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र पर्यावरणीय अवस्थामा सुधार ल्याउँछ । यसको उद्देश्य जनताको जीवनस्तरमा सुधार गर्नु, नयाँ अवसरहरूको सिर्जना गर्नु र भविष्यका चुनौतीको सामना गर्न सक्षम बनाउनु हो ।
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी रहेका छन् ।
अहिलेको आवश्यकता बृहत् वामपन्थी एकता : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
कांग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने
नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यावसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो ।
नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हिमपात र शीतलहर : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरूबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिलाः प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ ।
‘विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी’
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
परालमा आगो लगाउँदा गोठ र दुई वटा घरमा क्षति
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ स्थित हरिबहादुर बलको गोठमा रहेको परालमा आगो लगाउँदा गो र घरमा क्षति पुगेको छ ।
दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो ।
कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
काठमाडौँ, माघ १२ गते । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ । त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ । कामपाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ । कामपाको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ ।
मन्त्रिपरिषद्को कार्यालय भवन
काठमाडौँ, माघ १२ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएपछि पुनः निर्माण गरेर कार्यालय सञ्चालनमा ल्याइसकिएको छ । तस्बिरः रासस
बाइसधारा उद्यान
काठमाडौँ, माघ १२ गते । काठमाडौँ महानगरपालिका १६ स्थित बालाजु बाइसधारा उद्यान। यस उद्यानले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः रासस
विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द
विद्यार्थी, शिक्षक धमाधम बिरामी पर्न थालेपछि यहाँको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी, शिक्षक धमाधम रुखाखो
फर्निचर उद्योगमा आगलागी हुँदा जलेर एकको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ९ काभ्रेभन्ज्याङस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती स्थानीय श्यामप्रसाद दाहालको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा ७० वर्षीया टिकादेवी दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
नेपाल प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा
नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपीमा) बढुवा सिफारिस भएका छन् । शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ ।