• २६ चैत २०८१, मङ्गलबार

नेपालमा राजतन्त्र फर्काउने पक्षमा भारत छैन : सभापति देउवा

blog

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको  ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । 

नेपालमा राजसंस्था पुनःस्थापनाका लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उहाँको भनाइ छ । उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको बताउनुभयो । आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत–नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताउनुभयो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखरको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठुलो सहयोग गर्नुभएको छ, योगदान छ । उm बेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो ।’ 

राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला मात्र भएको उहाँले बताउनुभयो । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दुतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन भन्नुभएको छ । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ, उहाँले सो कुरा बताउनुभयो । “म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ । त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ” उहाँले भन्नुभयो । 

नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।