• ४ वैशाख २०८२, बिहिबार

आँखा शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि

blog

काठमाडौं, चैत २६ गते । नेपाल आँखा अस्पतालमा चार वर्षमा अस्पतालमा सेवा लिएको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा अस्पतालका कार्यकारी अधिकृत धर्मराज गोसाइँले अस्पतालमा सेवा दिनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभएको हो ।

सोही अवधिमा शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको उहाँको दाबी छ । गत वर्ष अस्पतालले एक लाख ६२ हजार ९९७ बिरामीलाई सेवा प्रदान गरेको थियो । जसमध्ये नौ हजार ९३ जनाको आँखाको शल्यक्रिया भएको थियो ।

अस्पतालबाट आँखाका बिरामीले आर्थिक वर्ष २०८१/८२ मा एक लाख ३१२ जनाले बहिरङ्ग विभाग, दुई हजार ९६ ले इमरजेन्सीबाट सेवा लिएका छन् ।

विगत आठ महिनामा अस्पतालले पाँच हजार ७९५ जनाको आँखाको शल्यक्रिया गरेको छ । आँखा शिविरमार्फत ४० हजार ६१६ जनाको आँखा परीक्षण गराएका छन् ।

शिविरमा आएका मध्ये ८८३ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका कार्यकारी अधिकृत गोसाइँले स्थापनाकालदेखि हालसमम एक लाख ४८ हजार ३४४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

सोही अवसरमा ३६ लाख दुई हजार ५४ जनाले अस्पतालमा आँखा जाँच गरेको उहाँको भनाइ छ । अस्पतालले विद्यालय स्तरका विद्यार्थीका आँखा जाँच निःशुल्क प्रदान गरी चश्मा प्रदान गरेको उहाँले जानकारी दिनुभयो । आठ महिनामा अस्पतालले नौ हजार ३३९ जना विद्यार्थी आँखा जाँच गर्नुका साथै ४९७ जनालाई निःशुल्क चश्मा वितरण गरेको थियो । अस्पतालले एक एक पाइलाको सहयोगमा गत दुई वर्षदेखि कम तौल र समय अगावै जन्मेका बच्चामा हुने दृष्टि पर्दाको उपचार गर्दै आएको छ । हालसम्म ९४५ बच्चाको आँखाको समस्या पहिचान गरेको उहाँको भनाइ छ । 

अस्पतालले १६ जना नेत्र रोग विशेषज्ञ एवम् १२५ जना कर्मचारीबाट सेवा प्रदान गर्दै आएको छ । अस्पतालले आँखाको मोतिबिन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा रोगको अलग्गै विभागबाट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा हाल छ वटा शल्यक्रिया कक्षबाट शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । आगामी चार वर्षमा शल्यक्रिया सङ्ख्या वार्षिक १५ हजार हालसम्म अस्पतालले दैनिक छदेखि सात सय बिरामीले बहिरङ्ग विभागबाट सेवा दिँदै आएको छ । अस्पतालले अघिल्लो आर्थिक वर्षदेखि ८० वर्ष माथिका ज्येष्ठ नागरिकको आँखाको मोतिबिन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत प्रदान गर्दै आएको छ ।बिते दिन प्रवास भूमिमा सखे ! समय उडिजाने हो रोकिँदैन कसै गरे । प्रात: भ्रमण गर्दैछौँ किनमेल यदाकदा । सागसब्जी र खाद्यान्न जरुरी हुन्छ सर्वदा।। गर्छु तयारी भान्साको दूरदर्शन नित्य छ ।नातिको हेरचाहैमा सजिलै दिन बित्दछ ।। २०८१/१२/२६ मङ्गलबार, कामदा एकादशी।