रूस, जेठ १९ गते । रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा तीन सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताउनुभएको छ ।
आइतबार समाचार च्यानल रोसिया २४ मा बोल्नुहुँदै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको जानकारी दिनुभयो ।
मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट मस्को जाँदै गरेको यात्रुवाहक रेल नम्बर ८६ को लोकोमोटिभ र धेरै डिब्बाहरू सडक पुलको स्प्यान भत्किँदा भ्यागोनिच्स्की जिल्लामा पटरीबाट खसेका थिए । रूसी अनुसन्धान समितिले पुल भत्किनुलाई आतङ्कवादी आक्रमणको रूपमा वर्गीकृत गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल