वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ।
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो ।
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव
देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ ।
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।
शैक्षिक सुधारतर्फ क्रियाशील चेपाङ महिला
कुनै समय विद्यालय शिक्षाबाट टाढा बस्न रुचाउने चेपाङ महिला हिजोआज विद्यालय शिक्षाको महत्त्व बताउन थालेका पाइएको छ । धादिङको बेनीघाट रोराङ
समयअगावै पाठ्यपुस्तक जिल्लामा
शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पाइएन भन्ने गुनासो बिगतमा आउने गरेकोमा अब भने त्यस्तो नहुने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र सुरु हुनुभन्दा केही हप्ताअगाडिदेखि नै विद्यालयमा पाठ्यसामग्री पु-याउने व्यवस्था गरेको छ ।
विपन्न बालबालिकालाई पोषण भत्ता
कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण युक्त खाना खुवानका लागि अनुदान रकम दिन थालेको हो ।
सेवा लिनका लागि लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ : भीमप्रसाद आचार्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुुनुभएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवम् दर्शन गर्नुभएको छ । चैत शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवम् दर्शन गर्ने परम्परा रहिआएको छ ।
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
‘अर्थतन्त्र बलियो बनाउन गाँजा खेती उपयुक्त’
अर्थतन्त्र बलियो बनाउन र व्यापार घाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाले बताएका छन् ।
चैत शुक्ल नवमी : आज रामनवमी पर्व मनाइँदै
चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
नेपालको खाद्य तथा जडीबुटी परीक्षणलाई भारतमा मान्यता
नेपालले गर्ने खाद्य वस्तु तथा जडीबुटी परीक्षणलाई भारतले पारस्परिक मान्यता दिएको छ । यसअघि खाद्यवस्तुको गुणस्तर प्रमाणीकरणका लागि भारत जानुपर्ने बाध्यकारी अवस्था रहेकोमा अब अन्त्य भएको छ ।
सहकारीको ऋण सीमा : सम्पत्तिको पाँच प्रतिशत मात्र
अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् ।
श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै
देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने भएपछि कार्यविधि तयार हुँदै छ ।
नेपालमा कलेजो प्रत्यारोपण सस्तो
सीमित जनशक्तिबाट संसारमै कम खर्चमा उपचार सेवा दिइरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
खरानीबाट उठ्ने जमर्कोमा ‘जडीबुटी’
आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ । प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन सुरु हुने जानकारी दिनुभएको हो ।
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)
चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ ।
नगरकोट भ्रमण वर्षः सफल पार्न ऐक्यबद्धता
आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।